थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै १ हजार ३ सय ५१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४६ हजार ५ सय ६६ जना कोरोनासंक्रमणमुक्त भएका छन् । हाल २५ हजार ४ सय ९७ जना आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर १२.५ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।