थप १,५११ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा थप १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा थप १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी १५ हजार १७९ जनाको नमूना परीक्षण गरिएको थियो।

यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।