मन्त्रालय भागबन्डाको विषयमा बालुवाटारमा ब्यापक छलफल

|

काठमाडौँ । मन्त्रालय भागबन्डाको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको छलफल चलिरहेको छ । सरकारले पूर्णता पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागबन्डाका विषयमा छलफलमा जुटेका हुन् । मन्त्रालय भागबन्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भैरहेको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम माग्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश विवादका कारण सरकार विस्तार हुन सकेको थिएन ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा काँग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ र जसपाका तर्फबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।