लुम्बिनी प्रदेशको कृषि मन्त्रीमा सुमन शर्मा रायमाझी

|

बुटवल । लुम्बिनी प्रदेश सरकारमा जसपाका सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए संगै रायमाझीले कृषि मन्त्रालयको जिम्मेवारि पाउनुभएको हो ।

आजै जसपाका पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको पुष्टी गरेको छ ।

साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुंदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए ।

ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए । यसअघि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

अब बन्ने मन्त्रीहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन÷तीनजना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ । तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ । मन्त्रीको टुंगो नलाग्दा मुख्यमन्त्री केसीले अहिले पनि ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।