मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ गाेल अन्तरले पराजित

|

काठमाडौ । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ गाेल अन्तरले पराजित भएकाे छ। दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालिवरुद्ध दुई गाेल गरेकाे छ। पहिलाे हाफ गाेररहित बराबरी रहेकाेमा दोस्रो हाफमा भारतले दुई र नेपालले एक गोल गरेको हो।

नेपालविरूद्ध पहिलो गोल भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गरेका थिए। ७९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २–० को अग्रता बनायाे। खेलको ८६ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए।

नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

२०७८ भाद्र २०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।