नेपाल-भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरी

|

काठमाण्डौं /  नेपाल-भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन्। सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो।

खेलको ६० औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याएका हुन्। यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

२०७८ भाद्र १७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।