वाग्मतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

|

काठमाण्डौं। वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले आज बिहान पदबाट राजीनामा दिएका छन । एमाले तर्फबाट मन्त्री बनेका उनी नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछी राजिनामा दिएका हुन । उनी नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य हुन ।

उनले राजीनामा दिएपछी अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन । खनालले मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

चितवनबाट निर्वाचित खनाल एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । आफूहरु फरक पार्टीका भएको उल्लेख गर्दै खनालले मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर राजीनामा दिएको बताउनुभयो । एमाले विभाजनसँगै अल्पमतमा पर्नु भएकी मुख्यमन्त्री शाक्यले अब संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ ।

२०७८ भाद्र १६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।