जसपाप्रति जनताको आकर्षण बढदै

|

बाँके/ जानकी गाउँपालिका वडा न.२ निवासी लामो समय समाजसेवामा निरन्तर सक्रिय युवाहरु धर्मराज बर्मा र इन्द्रजित यादव आज एक कार्यक्रमको विच जनता समाज पार्टीमा प्रवेश गर्नु भएको छ ।

जनता समाज पार्टीका केन्द्रिय सदस्य अजय श्रीवास्तव, हिक्मत बि.क लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष कमरुद्दीन राई, भारत प्रवास समितिका महासचिव लोकेन्द्र श्रीपाईली, नगर अध्यक्ष श्रवण यादव, क्षेत्र न. २ का अध्यक्ष सुर्यलाल यादव क्षेत्र न. ३ का अध्यक्ष राजिव बर्माको उपस्थितिमा उहाँहरुलाई खादा ओढाइ पार्टी प्रवेश गराईएको जनता समाज पार्टीका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।

जनता समाज पार्टीले बाँके जिल्लामा अहिले निरन्तर पार्टी बारे छलफल , भेटघाट गरि पार्टीलाई अझ सशक्त बनाउन पहल गर्दै आईरहेको क्षेत्र न. २ का अध्यक्ष सुर्यलाल यादवले जानकारी दिनुभयो ।

२०७८ श्रावण २१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।