युएससिआईएसले करिव १३ हजार कर्मचारीलाई अवकाश दिने

|

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा(युएससिआईएस)ले करिव १३ हजार कर्मचारीलाई अवकाश दिने भएको छ । संसारभरका मानिसलाई अस्थायी आवासीय पत्र(ग्रीन कार्ड),नागरिकता लगायत अन्य चिजमा काम गर्ने युएससिआईएस कोरोना भाइरसको महामारीको कारण त्यस्तो गर्न लागेको हो ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आम्दानीमा वृद्धि भए पछि उनीहरुलाई पुन काममा बोलाईन्छ । तर अमेरिकी कंग्रेसले आकस्मिक कोषमा राहत दिएमा उक्त योजना नहुन पनि सक्ने छ ।

राजस्वमा आम्दानीमा अचानक गिरावट आएकोले यस्तो योजना बनाउन लागेको हो । युएससिआईएसले अंग्रेजीमा प्रयोग हुने शब्द फरलो गर्ने अर्थात् जागिर नजाने या अस्थायी रुपमा मात्र दिइने वेतल रुपमा दिने छुट्टि हो ।

आगामी जुलाई महिना देखि अवकाश दिने भनिएता पनि सरकारले रकम दिएकोमा हाल उक्त समस्या टरेर गएको तर आगामी अगस्त देखि पुन अवकास हुन सक्ने अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले जनाएको छ ।

कांग्रेसले प्रशस्त अर्थ सहयोग नगरेकोले पुन पत्राचार गरिएको प्रवक्ताले जनाएका छन् । उक्त संस्थाले करिव १३ हजार ४ सय कमर्चारी अवकाशमा पर्न सक्ने बताएका छन् ।

एजेन्सीले दुई वर्षको अवधिमा आपतकालीन पूरक कोषको $ १.२ बिलियन(अर्ब)डलर चाहिने अनुमान गरेको छ ।

श्रोत : फेडेरलन्युजनेटवर्क डटकम

२०७७ जेष्ठ ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।