
मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि ४ प्रतियोगीहरुसंग गत अगस्त ३ का दिन अन्तर्वार्ता लिने क्रममा ” प्रतिक्रिया खण्डमा ईनेप्लिजबाट “बेरोजगार भत्ता खाएपछि यस्तै हो । हैट ‘ भन्ने लेखिएको प्रसंगमा हाम्रो ध्यानआकर्षण भएको छ ।
तर हामीले उक्त वाक्य अर्थात् हरफहरु लेखेको कतै फेला पार्न सकेनौ । त्यो शब्दले दर्शकहरुलाई दुखि तुल्याएकोमा हामि क्षमा प्रार्थी छौ । कहीँबाट बदमासी भएको छ भने हामी माफी माग्न चाहन्छौ । तर हामीले आफै कार्यक्रम संचालन गर्ने आफैले यस्ता शब्द कहिले लेख्न कल्पना पनि गर्न सक्दैनौ । हाम्रा टोलीले कसैले पनि नलेखेको बताएका छन ।
अनेक प्रतिक्रियाहरु आएको भन्ने पनि हामीले सुनेका छौ । हामीले सबै प्रतिक्रिया हेर्दा उक्त शब्द नदेखिएको जानकारी गराउँछौ ।
ईनेप्लिज स्थापना कल देखि नै नि: सर्त र निस्वार्थ रुपमा पूर्णकालिन काम गरेर बचेको समयमा समुदायकै लागि समर्पण रहेको ईनेप्लिजले उक्त कुरा नलेखेको हामीस्पष्ट पर्न चाहन्छौ । ईनेप्लिज त्यती नीच ,तल्लो स्तर र त्यस्ता प्रतिक्रिया कहिले नगरेको र गर्दैन पनि । यो हामी कसैबाट नभएको सार्वजनिक रुपमा स्पष्ट गर्न चाहन्छु ।
हामीले प्रत्यक्ष प्रसारण गर्दागर्दै प्रशारण रोकिदिने ,हाम्रै अगाडी प्रत्यक्ष प्रसारण हुदाँ हुदै हाम्रै नाममा भड्काउने प्रतिक्रिया हाम्रै अगाडी ह्याक (अनधिकृत रुपमा प्रवेस ) गरि लेखेको देखे पछि हामीले पासकोड(संकेत-शब्द ) समेत परिवर्तन गरेको हामीलाई तितो अनुभव छ ।
हामी पूर्ण समुदायकै लागि काम गरि रहेकोले माथिका शब्द ईनेप्लिजबाट आएको भन्ने हामीलाई दोषारोपण भएकोले कृपया हामीले यस्ता निकृष्ट शव्द इनेप्लिजबाट नभएको पुन विश्वस्त गराउँछौ । यो ह्याक (अनधिकृत रुपमा प्रवेस ) भएको हो भन्ने हाम्रो ठहर छ ।
यहाँहरुको मन दुखेकोमा हामी क्षमा माग्दै आज पनि ९ बजे हामी प्रत्यक्ष प्रसारणमा आउने छौ । धन्यवाद
विजय थापा,
सम्पादक, ईनेप्लिज डटकम