अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेटर पारस खड्काको घोषणा

|

काठमाण्डौं /  पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर एवम्टि पारसले सामाजिक संजालमा स्टाटस लेख्दै आफूले सन्यास लिएको घोषणा गरेका छन ।

सम्पुर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रती कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेको बताएका छन । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको समेत जिकिर गरेका छन ।

नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले २००२ मा १५ वर्षको उमेरबाट क्रिकेट यात्रा सुरु गरेका थिए । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी सम्हालेका थिए ।

२०७८ श्रावण १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।