सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन नेतालाई

|

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई जिम्मा दिएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो ।

जसपा पार्टीको आधिकारिकता भट्टराई–यादव समूहले पाएसँगै गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । जसपाले पाँच मन्त्रालय पाउने चर्चा  चलिरहेको छ ।

२०७८ श्रावण १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।