नेजामा बिकासराज न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित चयन

|

अमेरिका /  नेपाल अमेरिका पत्रकार संघ(नेजा) को सातौँ अधिवेशनले बिकासराज न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नव कार्यसमित निर्वाचित गरेको छ । सम्पन्न निर्वाचनमा न्यौपानेले ३८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत पाएका छन् । अर्का उम्मेदवार अनुज थापाले २१ मत पाएका छन् । उपाध्यक्षमा मच्छेदेवी गुरुंग ६१ मत सहित विजयी भएकी छिन् ।

अमेरिकामा बसेर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले पत्रकारिताको क्षेत्रमा कार्य गर्दै आईरहेको छ । नवगठित समितिको उपाध्यक्षमा मच्छे देवी गुरुङ,महासचिवमा सुरज भण्डारी,सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई चयन भएका छन् । त्यसैगरि क्षेत्रीय संयोजक तर्फ शिव नेपाल (पश्चिम),लीला देवी ओझा (डी सी मेट्रो),गोकुल श्रेष्ठ (उत्तर पूर्व), सुजन पण्डित (दक्षिण) चयन भएका छन् भने सदस्यहरुमा अनिल अधिकारी,बाबुराम दाहाल,सङ्गम बानिया, ज्ञान प्रसाद शर्मा चयन भएका छन् ।

आङ छिरिङ शेर्पाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो भने सदस्यहरुमा नारायण सापकोटा,भोला आचार्य,शैलेश पोखरेल रहनुभएको थियो । नेजाको निर्वाचनमा सचिव,कोषाध्यक्ष,क्षेत्रीय संयोजक, र सदस्यहरुको पदमा र्निविरोध पदाधिकारी चयन भएको थियो भने अन्य पदको लागी मतदान भएको थियो ।

 

 

 

२०७८ श्रावण १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।