महन्थ ठाकुरको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

|

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ । जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते सनाखतका लागि झिकाउने निर्णय गरेको थियो ।

न्यायाधीश रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको छ । यस सम्बन्धी छलफलका लागि १५ गते दुवै पक्षलाई बोलाउन आदेश समेत गरेको छ । आदेशमा साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

२०७८ श्रावण १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।