युथ फोर्सद्धारा काठमाडौंमा शक्ति प्रदर्शन

|

काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने युवा संघ नेपालका एक नेताले बताए । यद्यपि कार्यक्रममा एमाले अध्यक्ष ‍ओली भने उपस्थित छैनन्। अहिले कार्यक्रमस्थलमा नेता महेश बस्नेतले भाषण गरिरहेका छन्।

२०७८ श्रावण ९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।