
काठमाडौं । राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरु बाँदरको भेषमा सडकमा निस्किएका छन् । उनीहरुले बाँदरको अनुहारको मखुन्डो लगाएर सडक प्रदर्शन गरेका हुन् ।
उनीहरुले वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले फ्लोर क्रस गरेको विरोधमा उक्त जुलुस निकालेका हुन् ।
२२ जना सांसदले पार्टीका ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।