भीम ओली लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

|

काठमाडौं / तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्री परिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ ।

२०७६ मा लुम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानिय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ओली नेकपा एमाले बाँकेका युवा नेता हुन् । केहि साता अघि मात्र प्रधानमन्त्री केपी ओली समूहले पूर्नगठन गरेको नेपाल खेलकुद महासंघका उपाध्यक्ष मनोनित भएका ओली नेपाल भलिबल संघका केन्द्रिय सचिव पनि हुन् । लगातार दुई कार्यकाल उनी भलिबल संघको केन्द्रिय समितिमा रहेका छन् ।

नेपालगन्जमा आयोजना हुने नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयोजक टोलीमा रहेर खजुरा गाँउपालिकाका स्थायी बासिन्दा ओली सक्रिय रहँदै आएका छन् ।

प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८०४।०१ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा नियुक्ति गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।