जसपाको क्षेत्र नं.२ कार्यसमितिले पुर्णता पायो

|

नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल, बाँके क्षेत्र नं.२ को क्षेत्रीय कार्यसमितिले पुर्णता पाएको छ । शनिबार नेपालगञ्जमा भेलाको आयोजना गरी पार्टीले क्षेत्रीय कार्यसमितिका अन्य पदाधिकारी मनोनित गर्दै समितिलाई पुर्णता दिएको हो । क्षेत्र नं.२ का क्षेत्रीय सभापति सूर्यलाल यादवको अध्यक्षतामा भएको भेलाले कार्यसमितिको उपाध्यक्षद्धयमा मतलुब राई (चुन्ना) महिलातर्फ मधु सोनकरलाई चयन गरेको छ । यस्तै सचिवमा भुपाल सिंह खड्का, सहसचिवमा कृष्ण श्रीवास्तव र कोषाध्यक्षमा सुनिता बर्मालाई चयन गरेको छ ।

बैठकले क्षेत्र नं.२ मा मीना शेषसहित ४५ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । यस्तै बैठकले बिद्यायक निर्वाचन क्षेत्र नं.२ को (क) मा लल्लन यादव र (ख) मा मोहम्मद इसाहक सिद्धिकी (गुड्डु) लाई अध्यक्षको जिम्मेवारीमा चयन गर्दै समिति निर्माण गरेको छ । क र ख को समितिका अन्य पदाधिकारी बिस्तारै चयन गर्दै समितिलाई पुर्णता दिने पार्टीका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य हिक्मत बिकले संगठन सुद्धृढीकरणमा पार्टीले जोड दिएको बताउनुभयो । उहाँका अनुसार क्षेत्रीय समितिले पुर्णता पाएसंगै संगठन सुद्धृढीकरणको तीन महिने अभियान शुरु भएको छ । बैठकमा बोल्दै जसपा बाँकेका जिल्ला अधयक्ष कमरुद्दिन राईले संगठन बलियो नहुँदासम्म पार्टीलाई बलियो बनाउन कठिन हुने उल्लेख गर्नुभयो । उहाँले स्थानीयस्तरदेखि नै पार्टीलाई बलियो बनाउन सुद्धृढीकरण अभियान प्रभावकारीरुपमा संचालन गनुपर्ने बताउनुभयो ।

२०७८ श्रावण २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।