काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । वर्षाका बाबजूत ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । अहिले परेको पानीले ओलीको स्वागत ¥यालीलाई बिथोलेको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली निजी निवास बालकोट सर्नु भएको हो । साढे तीन वर्ष बालुवाटार बसाईबाट बिदा हुँदा एमालेका सयौँ कार्यकर्ताहरूले बालुटारबाट स्कर्टिङ गरेका छन् ।
ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालकोटसम्म स्कर्टिङ गरेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको थियो ।
यसअघि हिजो प्रधानमन्त्रीको रुपमा देशबासीको नाममा अन्तिम सम्बोधन गर्दै ओलीले एकैछिन बादल लागेको तर सूर्य बादल हटाएर उदाउने उद्घोष गर्नु भएको थियो ।