शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

|

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । मंगलबार संविधानको धारा ७६(५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नियुक्ती दिएको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताउनुभयो । आज साँझ नै सपथ खुवाउने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो। यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

 

२०७८ असार २९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।