जसपा बाँके क्षेत्र न.२ को क्षेत्रीय अध्यक्षमा सूर्यलाल यादव चयन

|

बाँके /  बिगत २ दशकदेखि बाँके जिल्लामा रही सामाजिक कार्यमा सक्रिय युवा तथा पत्रकारिताको माध्यमबाट भ्रष्टाचारको बिरुद्ध आवाज उठाउदै आउनु भएका डुडुवा गाउँपालिका वडा नं.५ निबासी युवा सूर्यलाल यादव जनता समाजवादी पार्टी बांके क्षेत्र न.२ को क्षेत्रीय अध्यक्ष पदमा आज चयन हुनु भएको छ ।

जनता समाजवादी पार्टी बाँकेका जिल्ला अध्यक्ष कमरुद्दीन राईले दोसल्ला ओढाई हार्दिक बधाई दिनुको साथै आगामी कार्यकालको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अजय कुमार श्रीवास्तव, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, संघीय परिषद सदस्य बिजय पाठक, बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राइर्, उपाध्यक्ष राजन राना मगर, नेपालगन्ज नगर अध्यक्ष श्रवण कुमार यादवको उपस्थितिमा जिम्मेवारी दिइएको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले बताउनु भयो ।

 

२०७८ असार २३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।