सामाजिक अभियान्ता समीर परियारले संचालन गरे नारीका लागि उपहार अभियान

|

सुनवल / सुनवल नगरपालिका वडा न. ५ निबासी सामाजिक अभियान्ता समीर परियारले एक नौलो नया तरिकाले अभियान नारीका लागि उपहार संचालन गरेका छन् । सामाजिक अभियन्ता समीर परियारले एक नौलो नया तरिकाले अभियान नारीका लागि उपहार संचालन गर्नुको उद्देश्य महिला पुरूष दुवैको हातेमालोमा महिनावारि सम्बन्धि कुसंस्कारको अन्त्य गर्ने र महिनावारी मैत्री समाज निर्माण गर्नको लागि संचालन गरिएको बताय । अभियान संचालन बारेमा (Gift For Girls)नारीका लागि उपहार अभियानमा सबैले महिला वर्गहरूलाई उपहार सो रूप प्याड दिनेछन् ।

सो प्याड दिएको तस्बिर वा भिडियो पेजमा पठाउने र त्य‍ो तस्बिर पेजबाट पोष्ट गरिनेछ । अथवा प्याड पाएपछि महिला साथीहरूले कस्तो महसुस गर्नु भएको छ । त्यस बारे आफ्नो फेस्बुकामा पोष्ट गर्ने र त्यसको लिङ्कलाइ नारीका लागि उपहार फेसबुक पेजमा पठाउनु पर्नेछ । नारीका लागि उपहार यो अभियानमा महिनावारी विज्ञ,डाक्टर तथा सरोकारवालाहरूको भोगाई तथा भनाईहरू पनि राखिनेछ।
साथै यो नारीका लागि उपहार अभियानमा कसरी जोडिने भन्ने बारे समिर परियार बताउनुहुन्छ कि महिला साथीहरूलाई जन्म उत्सव,चाडपर्व लगाएत विभिन्न बेलामा दिने उपहारमा प्याड दिने, त्यो प्याड लिदै फोटो वा भिडियो बनाउने,उपहारमा प्याड पाए पछि के कस्तो महसुस भएको छ भिडियोमा छोटोमा राखन सकिन्छ र बनाएको भिडियो नारीका लागि उपहार पेजमा पाउनेको नाम अनि दिनेको नाम सहित पठाउनु पर्नेछ । अभियन्ताले सकभर मिले सम्म ठेगाना अनि कतिऔ जन्मउत्सव हो त्यो पनि पठाउने पर्ने छ ।
नारीका लागि उपहार अभियानमा जोडिनु पर्ने मुख्य करण महिनावारीमैत्री समाज निर्माण गर्न र त्यस अभियानको अभियानता बन्न,महिला र पुरूष दूवैलाई सम्मान वातावरण निर्माण गर्ने, महिला हिंसाहरू अन्त्य गर्ने र राम्रो समाज निर्माण गर्न यो यो अभियान संचालन गरिएको समिर बताउछन । अभियानको पहिलो अंकमा सामाजिक अभियान्ता बिपना शर्मालाई उहाको जन्म दिनको अबशरमा समिर परियारले सेनेटेरि प्याड हस्तान्तरण गरेका छन । यो अभियानलाई सफल बनाउन #Giftforgirl #MensurationfriendyNation #forfemalebythemale को प्रयोग गर्न सक्नु हुनेछ ।

२०७७ जेष्ठ ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।