चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा

|

काठमाण्डौं / युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मद्दतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।

खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पार्यो ।

दोस्रो हाफको सुरुवातमा नै चेकले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । त्यसपछि लगातार आक्रमण गरेको चेकले डेनमार्कको रक्षापंक्ति चिर्न भने सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले फाइनल थर्डमा अपेक्षित तालमेल मिलाउन नसक्दा बराबरी गोल गर्न सकेन । अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२स्४५ बजे खेल्दैछन् ।

२०७८ असार १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।