लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले दिए राजीनामा

|

बुटवल । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)को सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा रहेर काम गर्न नसक्ने भन्दै शर्माले राजीनामा दिएका हुन् । जसपाका प्रदेशसभा सदस्य समेत रहेका शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।

लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए । जसपाबाट सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सहभागी भएका थिए ।

२०७८ असार १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।