नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

|

काठमाडौँ । स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक शृङ्खलाको खेल स्थगित भएसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरेको छ ।

क्यानका अनुसार आईसीसी सीडब्ल्यूसी लिग २ अन्तरर्गतका तीन मुलुकको खेल कोरोना महामारीका कारण अनिश्चित भएसँगै बन्द प्रशिक्षण पनि स्थगित गर्नुपरेको हो । नेपाली खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको हो । यही असार ४ मा क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रशिक्षण स्थगित भए पनि खेलाडीहरुले सानोसानो समूहमा मुख्य प्रशिक्षक डेभ वाटमोर र फिजियो विक्रम न्यौपानेको उपस्थितिमा टीयू क्रिकेट रङ्गशाला कीर्तिपुरमा अभ्यास गर्नेछन् ।
कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सावधानी अपनाउँदै खेलाडीले अभ्यासलाई निरन्तरता दिने क्यानले जनाएको छ ।

२०७८ असार १२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।