कोभिडका कारण पूर्वसञ्चार राज्यमन्त्री बिष्टको निधन

|

काठमाडौ । कोभिडका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । कोभिड १९ संक्रमणका कारण बिष्टको आइतबार बिहान निधन भएको हो ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय बिष्ट पूर्व संविधान सभा सदस्य तथा पूर्व सञ्चार राज्यमन्त्री बिष्टले जिम्मेवारी समेत निभाएका थिए । उनी नेपाली कांग्रेस सुर्खेत जिल्लाका पूर्व सभापति समेत भएका थिए ।

बिष्टलाई कोभिड १९ संक्रमण भएपछि हेलिकोप्टरमार्फत अक्सिजन मास्क लगाएर काठमाडौँ लगिएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकामा अवस्था थप जटिल बनेपछि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार थालिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

२०७८ असार ६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।