गण्डकीका मुख्यमन्त्री नेपालीले पाए बिश्वासको मत

|

गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत हासिल गरेका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा भएको मतदान प्रक्रियामा पोखरेलको पक्षमा बहुमत सांसद उभिएका हुन्। पोखरेल गत शनिबार संविधानको धारा १६८ उपधारा ५ बमोजित मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्त भएको एक साता नबित्दै उनले विश्वासको मत लिने निर्णय गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रदेशसभामा कायम ५९ सांसदमध्ये नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टी (जसपा) का दुई जना र जनमोर्चाका दुई जना र स्वतन्त्र सांसद एब गरी ३१ जना सांसद पक्षमा मतदान गरे । मुख्यमन्त्री पोखरेलको विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मतदान गरे ।

२०७८ असार ४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।