
पोखरा । आज मुख्यमन्त्रीमा नियुक्त गरिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री सहित मन्त्रीहरुलाई शपथ खुवाएकी हुन् ।
शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले कुन कुन मन्त्रालय लिने भने टुंगो भएको छैन ।
नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राजमो, जसपा र एक स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।