म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु- महेश बस्नेत

|

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुअघि महेश बस्नेतको नाम निकै चर्चामा थियो । उनलाई ओलीले गृहमन्त्री दिनलागेको भनेर केही मिडियाले समाचारसमेत लेखे ।

त्यसपछि फेरि अर्को चर्चा सुरु भएको छ, मन्त्री नपाएपछि बस्नेत असन्तुष्ट भन्नेदेखि गुट फेर्ने तयारी भन्ने सम्मका ।
बस्नेत स्वयम्ले भने यी चर्चाहरु आउट थालिसकेपछि आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले पद नपाउँदैमा विचलित नहुने र
म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु भन्दै आफ्नो विचार ब्यक्त गरेका छन् ।

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्, पार्टी निति , नेतृत्व र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु, पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु।
पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ।
मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउन हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ ।
हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्। मेरो बिरोधि साथीहरुलाई म झन धेरै धन्यवाद दिन चाहन्छु, जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि !
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। त्यस्ता भ्रममा कोही नपरौ म जहाँ छु त्यहि रहनेछु र म जे छु त्यहि छु पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुने नै छ ।
पटक-पटक अग्नि परिक्षामा होमिन तयार छु।

२०७८ जेष्ठ २७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।