गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री गुरुङद्वारा शपथ ग्रहण

|

गण्डकी /  गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उनलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यहि जेठ ५ गते बुधबार गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँ भएका कारण उपस्थित हुन सकेका थिएनन् । नेकपा (एमाले)को समर्थनमा मनाङको प्रदेश ९ख० बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघिको प्रदेश सरकारको पनि केही दिन युवा तथा खेलकूदमन्त्री भएका थिए ।

२०७८ जेष्ठ ९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।