अब जनता सचेत हुनुहोस महामारी फैलियो भने सरकारले जिम्मेवारी हामिलाई नै थुपार्छ

|

अशोक थापा / विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अथवा कोरोना भाइरसको असर सबै देशहरुमा अत्याधिक रुपमा फैलिरहेको छ भने नेपालमा पनि अत्याधिक रुपमा दिन प्रतिदिन सयौंको सङ्ख्यामा बढ्दै गर्दा अहिलेसम्म देशभर ४ हजार ८५ जनामा कोरोना संक्रमित भएको पुष्टि भए सँगै १५ मृत्यु हुने र ५ सय ८४ निको भएर जानेको सङ्ख्या नि उतिकै बढ्दो तथ्यांक देखिरहेको छ। सुरुवाती समयमा सरकारले भारत लगाएत अन्य देशहरुबाट आउनेलाई प्राथमिकता सहित नाकाहरुमा हेरेको थियोे भने हिजोआज प्रदेश, नगर र गाउँ पालिकालाई जिम्मेवारी बहन दिए पछि अझ व्यापक रुपमा कोरोना फैलिएको देखिएको छ।
यहि क्रम नरोकिए भोलि यसले महामारी रुप नलेला भन्न सकिन किन भने यहाँ हरेक सबै नेपाली सक्षम र भरिपुर्ण छैनन् तेसैले कुनै पनि रोगलाई खेलवाड नगरोै सुरक्षित अपनाउ सरकारलाई जिम्मेवारी भन्दा सहयोग गरोै। दिन प्रतिदिन संक्रमित बढिरहेको बेला पनि सरकारले लगाएको लकडाउनलाई पाखा लगाउदै नारा, जुलुस , हडताल जस्ता क्रियाकलापले सरकारलाई खबरदारी त भयो तर सरकार सुन्छ कि नाई तर यति एक ब्यक्ति कोरोना संक्रमित छ भने पक्कै पनि एक अर्कामा संक्रमित सङ्ख्या बढाई दिन्छ तेसैले खबरदारी सँगै सावधानी पनि अपनाउ होइन भने अब यश रोगले महामारी पक्कै लिन्छ । ४ हजार संक्रमित पुग्दा त चेकजाँचमा यति ठुलो समस्या आएको छ लाखौंको सङ्ख्यामा संक्रमित भए सरकारले हेर्ला त हामी आफै अवलोकन गरोै न। तेसैले अब सरकारले आफ्नो जिम्मेवारी पनि हटाइ अब तपाईं हाम्रो टाउकोमा लगाई दिन्छ । अाफै बिरामी आफै उपचार गर सरकारले धान्न सक्दैन भन्यो भने के गर्ने तेसैले अब सरकार र जनाता एक पटक मनन गरि सुरक्षित उपाए गरम। सरकारले सबै जिम्मेवारी लिइ देश ठप्प बनाउ जनतालाई अहिले गाँस बाहेक अरु केही चाहिएको छैन बाँस हामीलाई गासको व्यवस्थापन गर हामी हरेक नेपाली घर भन्दा बाहिर निस्के कानुनी कारबाही अगाडि बडाउनुस कोरोनालाई जित्नुस।

नेपालगन्ज

२०७७ जेष्ठ २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।