
सुर्खेत । हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखामा नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतले स्वागत तथा सम्मान गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रवाश कुमार शाक्यले आदिवासी जनजातिका दविएका मुद्धा उठाउनका लागि नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो हामी सबै पत्रकारहरु मिलेर सबै जातजातिका दविएका मुद्धाहरुलाई मिडिया मार्फत उठाउन नितान्त आवश्यक रहेको छ । जस्कालाई फोनिज पनि सबै संग हातेमालो गर्न तयार छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका समावेशी सचिव पदका विजेता फोनिज कर्णाली प्रदेश इन्चार्ज अशोक राजी, सदस्यद्वय नन्दराम जैसी र जीवन शाही त्यस्तै सुर्खेत जिल्ला अध्यक्ष ललित बसेल, कोषाध्यक्ष ललित गाहा, सहसचिव इश्वर अधिकारी, समावेशी सहसचिव टेकेन्द्र विश्वकर्मा, सदस्यहरु सुसिल खड्का, यज्ञ खत्री र विनोद लम्साललाई स्वागत तथा सम्मान गरिएको फोनिज सुर्खेतका सचिव मिलन श्रेष्ठले जानकारी दिँदै छोटो समयमा हाम्रो निमन्त्रणालाई स्वीकार गरिदिनुहुने सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै आजै नै नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले पत्रकार महासंघको कर्णाली र सुर्खेत शाखामा निर्वाचित जनजाति पत्रकारहरुलाई स्वागत् तथा सम्मान गरेको छ । नवनिर्वाचित जनजाति पत्रकारहरुलाई महासंघ सुर्खेतका अध्यक्ष जीवन कुमार शाक्यले जनजातिका मुद्दाहरुलाई बुलन्दरुपमा उठाउन आग्रह गर्नुभयो ।