थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

|

काठमाडौं । त्रिदेशीय कप फुटबलको खेलमा नेपाल विजयी भएको छ । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको हो । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो ।

बंगलादेशविरुद्ध नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी भएका थिए ।

नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो।यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु९२३ टिमबीच प्रतिस्पर्धा भएको हो।

२०७७ चैत्र १६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।