कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

|

काठमाडौँ । पूर्व उद्योगमन्त्री, पूर्वसांसद एवं कांग्रेस नेता नवीन्द्रराज शर्माको शुक्रबार निधन भएको छ । उनको शुक्रबार राति ८:२४ बजे नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलमा निधन भएको हो । 
 
जोशीलाई मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सुधार हुने सम्भावना कम रहेको थियो ।
उनको टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताएका छन् ।

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।