त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

|

काठमाडौंको आकाशमा एक्कासी वायुप्रदुषण बढेको छ।आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ ।

अहिले वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान-अवतरण प्रभावित बनेको हो ।

विमास्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीका अनुसार विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएका छन् ।

अहिले काठमाडौंको आकाशमा तुँवालो लागेको छ र साथै
आइएफआर र भीएफआर उडान हुन नसकेको उल्लेख गर्दै उहाँले विमानस्थलमा धुँवा र प्रदूषणको गन्ध तीब्र आइरहेको बताउनुभयो ।

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।