
मेरिल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई व्यक्तिको मृत्यु भएको छ । गत बुधबार राती मार्च २४ का दिन मेरिल्याण्ड काउन्टीमा गोली प्रहार गरिएको मोन्टगोमेरी काउन्टीका प्रहरीले मृतकहरुको पहिचान गरेका छन् ।
मेरिल्याण्ड काउन्टीको व्हाइट ओक शहरमा राति ११:४७ मिनेटमा गोली चलेको खबर प्रहरीलाई गरिएको थियो ।
प्रहरीहरु त्यहाँ पुगे पछि बर्टनभिलका २५ बर्षिय ब्रायन वाटर्सलाई नोभेम्बर सर्कल भन्ने स्थानमा बाहिर फेला पारेका थिए ।
यसै गरि प्रहरीले व्हाइटओक कै १८ बर्षिय पियर डायेलाई उक्त क्षेत्रकै स्टेवार्ड लेन(गल्ली)र अप्रिल लेन(गल्ली)मा फेला पारेका थिए ।
अहिले सम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।दुवैजनालाई गोली हानिएको थियो भने उनिहरुको अस्पतालमा निधन भएको प्रहरीले जनाएका छन् ।
श्रोत : डब्लुटिओपी
तस्वीर: सामाजिक संजालबाट