
४० वर्ष भारतीय जेलमा बन्दी जीवन विताएर फर्किएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।
भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकिय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरे ।
उनले जिल्ला प्रशासन कार्याल इलाममा पुगेर नागरिकता लिएका हुन् । प्रशासनले उनी पुगेको २० मिनेटमै नागरिकता दिएको छ ।
नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले तिम्सिनालाई खादा ओडाएर सम्मान गरेका थिए ।
तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ ।
नागरिकता पाउँदा आफुँ खुशी भएको उनले प्रतिक्रिया दिए ।