श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकका समस्या हल गर्न विशेष जोड

|

श्रमजीवी पत्रकारलाई अनिवार्यरुपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमका सहभागीले कतिपय सञ्चारकर्मी अहिले पनि बिना पारिश्रमिक काम गर्नु परिरहेको बताउनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले न्यूनतम पारिश्रमिकको समस्या लामो समयदेखि टुङ्ग्याउन बाँकी रहेको र यसलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने,श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकका समस्या हल गर्नका लागि मन्त्रालयले छलफल गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
लामो समयदेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पदाधिकारी नियुक्ति भएकाले अब जतिसक्दो समस्या सुल्झाउन लाग्नुपर्नेमा सचिव बस्यालले जोड दिनुभयो ।

समितिले चाँडै नै श्रमजीवी पत्रकारको वास्तविक तथ्याङ्क पत्ता लगाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन ठोस कदम चाल्नेछ भन्दै समानुपातिक विज्ञापन प्रणाली अनिवार्य लागू गराउनुपर्नेमा अध्यक्ष राजेन्द्र अर्यालले जोड दिँदै विज्ञापन बोर्ड गठन भएकाले चाँडै नै उक्त प्रणाली लागू हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा समितिका सदस्यसचिव गोगनबहादुर हमाल, सहसचिव शोभाकान्त पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य ऋषिकेश श्रेष्ठ, नवराज महतरा,गिरुप्रसाद भण्डारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

२०७७ चैत्र ११, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।