
नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान बल नियुक्त भएका छन् ।
गोविन्द रोका ‘सचिन’ फागुन पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि रिक्त महाप्रबन्धकमा बललाई नियुक्त गरिएको हो ।
कान्तिपुर दैनिकमा डेढ दशकसम्म कला शैली संयोजक रहेका बलले ठूलो पर्दाका चलचित्रको निर्देशनसमेत गरिसकेका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो ।
बल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् ।