
नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि यही चैत २५ गते चुनाव हुने भएको छ ।
यसपटकको निर्वाचनमा महासंघका सबै साधारण सदस्यहरुले मतदान गर्दैछन् ।
इतिहासमै पहिलोपल्ट महासंघको चुनाव प्रत्यक्ष चुनाव प्रणालीबाट हुन लागेको हो । त्यसका लागि जिल्ला, प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ र महासंघको केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति घोषणा गरेको हो ।
बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।
फागुन ५ गते महाधिवेशन भएको महासंघले प्राविधिक तयारी नपुग्दा चुनाव भने पछिलाई सारेको थियो ।