राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम

|

ईटहरी / शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ ।  तेक्वान्दो प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती प्रदेश तेस्रो हुन सफल भएको हो ।

राष्ट्रिय तेक्वान्दो संघ इटहरीको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीको अगाडी अन्य प्रदेशका खेलाडीहरु निरिह देखिएका थिए । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दैै बाँकेबाट समेत खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये बाँकेको बैजनाथ गाँउपालिकामा रहेको रेन्बो तेक्वान्दो डोजाङका खेलाडीहरुले प्रतियोगितामा सर्वाधिक पदक जित्न सफल भएका छन ।

पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

२०७७ चैत्र ३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।