
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज काठमाडौंमा भव्य रुपमा राष्ट्रिय भेला गर्दैछ ।
भेलामा देशभरिका १० हजार अगुवा महिला कार्यकर्ता सहभागी हुने अनेमसंघले जनाएको छ ।
दिउँसो १ बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘संविधानको पूर्ण कार्यान्वयनसँगै महिला समानता सुनिश्चित गरौँ’ भन्ने नाराका साथ महिला भेलाको आयोजना गरिएको संयोजक सीता पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेलाले आगामी चुनावमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छ ।