अग्रज पत्रकार सुशील शर्माको दुखद निधन

|

अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ।केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।

शर्मा करिब डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए। उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए।

त्यसअघि उनले द राइजिङ नेपाल, द काठमाण्डू पोस्ट र स्पटलाइटमा काम गरेका थिए।

काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ।
उनको श्रीमती र एक छोरा छन्।

खेल पत्रकारिताबाट आफ्नो व्यावसायिक जीवन सुरु गरेका उनि तटस्थ राजनीतिक विश्लेषक पनि थिए ।

२०७७ फाल्गुन २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।