खजुरामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

|

बाँके / बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खजुरा गाउपालिका– ४ को जनकल्याण मावि बद्रीपुरको संचालन र व्यवस्थापनमा सुरु भएको सो प्रतियोगिताको लुम्बिनी प्रदेशका सांसद बाबुराम गौतमले उदघाटन गरेका हुन ।

सो प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य गौतमले खेलले बालबालिकाको शाररीक, मानसिक संगै अनुशासन र राष्ट्रप्रेमको सन्देश सिकाउने भएकोले पनि मानव जीवन अत्यन्तै महत्व हुने मार्शल आर्ट, कराते जस्ता खेलले बालिकाको आत्म रक्षामा ठूलो मदत पुग्ने बताए ।

खजुरा गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष किस्मतकुमार कक्षपतिले विद्यालयलाई खेलको उर्भरभूमिको रुपमा रहेको ठम्याईका साथ विद्यालय स्तरबाट विभिन्न खेल प्रतिभा लुकेको अवस्थामा रहेको र यस्तोे प्रतियोगिताले लुकेको प्रतिभा प्रष्फुटन हुने अवसर प्राप्त हुने भएकोले हरेक वर्ष कार्यक्रम आयोजना गरिदै आएको बताए ।

चैत १ गतेसम्म संचालन हुने प्रतियोगितामा खजुरा गाउपालिकाका संस्थागत, निजी र मदरसा गरि ६५ विद्यालयका करीब १ हजार १६ विद्यार्थीले विभिन्न ३१ खेलका ईभेन्ट मार्फत प्रतिस्पर्धा गर्नेछन् । यस पटकदेखि सो प्रतियोगितामा खेल्ने खेलाडीको बीमा गरिएको सचिवालय संयोजक यम नारायण महतोले जानकारी दिए ।

उद्घाटन सत्रमा झाँकी, सिंगारु, मयुर गर्रा नाच, मार्चबास सहित सुरु भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहनुको साथै विद्यालयका प्रअ भिमबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

२०७७ फाल्गुन २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।