एसईई र कक्षा १२ को परीक्षाको मिति तोकियो

|

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षाको मिति तोकेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले एसईई परीक्ष जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि बोर्डले सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपटक सम्वन्धित स्कूलले नै जिम्मा लिन लगाउने निर्णय भएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् ।

त्यस्तै कक्षा १२ को परीक्षा भने जेठ २६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ र कोभिड-१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

२०७७ फाल्गुन २५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।