
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरू हुँदै छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि शुरू भएको थियो ।
दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ,त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्नुभएको छ ।
यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ,हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।
नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ ।
यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ।