लामो समय देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका एनआरएनए अमेरिकाको खेलकुद संयोजक चन्द्र लामाले गैर आवासिय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
लामा नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल ओलम्पिक कमिटिका सदस्य रहेता पनि अमेरिकामा आयोजना हुने विभिन्न खेलकुदमा उनको सक्रिय सहभागिता हुने गर्दछ।
अमेरिकाका नेपाली समुदायका बिभिन्न संस्थाहरुसंग आबद्ध हुनुको साथै उनले खेलकुमा बिशेष गरि युवा बर्गहरुलाई परिचालन गर्न ठूलो भूमिका निर्वाह गर्दछन् र उनलाई युवाहरुको ठुलो साथ समेत रहेको बताउछन्।
उनि खेलकुद क्षेत्रमा निकै सक्रिय रहेकोले उनको जनसम्पर्क निकै प्रगाढ छ ।
उनि अमेरिका आए देखि नै खेलकुद क्षेत्रलाई प्रवर्द्धन र विशेष गरि युवावर्गलाई प्रोत्साहन गर्न कहिले पछि हट्दैनन,उनले करिव २ दशक अमेरिकाको डिसी क्षेत्रमा बिताएका छन्।
उनले अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई खेलकुदमा संलग्न गराई अमेरिकाबाट युरोप र मातृभूमि नेपालमा लगेर खेलकुद प्रतियोगितामा युवा पिढीलाई सहभागिता गराई रहेका छन् ।
साथै उनले खेलकुदको माध्यमबाट दुई देश बीचको सेतुको काम गराउन सफल भएका छन् । युवा तथा खेलकुदलाई अझ सशक्त र मजबुत बनाउन आफूले उपाध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।
उनको आफु एनआरएन मा सम्पूर्ण युवाबर्ग र खेलकुदको क्षेत्रलाई प्रवर्द्धन गर्ने मुख्य सोच रहेकोले सम्पूर्ण ग़ैर-आवासीय नेपालीहरुको पहिचान र अमूल्य आर्दशलाई माथि उठाउन र हाम्रो साझा प्लेटफर्मको रुपमा स्थापना गराउन युवाहरुको अर्थपूर्ण सहभागिता जरुरी छ भन्दै उहाँले सबैको सहयोग र समर्थनको अपेक्षा सहित सबैलाई आफुलाई मतदान गर्न अनुरोध गरेका छन् ।