तीनबुँदेमा हामी प्रतिवद्ध छौँ -महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

|

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् ।

तीन बुँदे सहमतिमा हस्ताक्षर आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताए ।
उनले भने, केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।

उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको समेत बताए ।

उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन समेत गरेका छन् ।।

उनले यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताए । उनले दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना भएको बताए ।

उनले भने, तीनबुँदेमा हामी प्रतिवद्ध छौँ, पालना गर्छौँ। आशंका वा कुतर्क गर्न जरुरी छैन ।यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,उनले भने ।

विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको समेत बताए ।

२०७७ फाल्गुन २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।