प्रधानमन्त्री कप महिला भलिबल आजदेखि शुरु

|

नेपालगन्ज । सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा आजदेखि सुरू भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता छ ।

तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । साथै स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

यस पटक विजेताले पाउने रकममा ३ लाखले वृद्धि गरिएको छ । च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

२०७७ फाल्गुन २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।