रघुजी पन्तको असभ्य, अभद्र अभिव्यक्ति प्रति : अखिल नेपाल महिला संघको घोर निन्दा र भत्सर्ना

|

राष्ट्रिय सभा सदस्य माननीय कोमल ओलीको आत्मसम्मानमा चोट पुग्ने, चरित्र हत्या हुने तथा मानहानी हुने गरी आपत्तिजनक र अपमानजनक अभिव्यक्ति दिने रघुजी पन्तलाई कानूनी कार्वाही गर्न अनेमसंघ नेपाल सरकारसंग जोडदार माग गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ ।

केही समयदेखि नेपालको उच्च ओहोदामा रहेका महिलाप्रति लक्षित गर्दै विभिन्न सार्वजनिक कार्यक्रम तथा सामाजिक संजाल तथा विद्युतीय माध्यमबाट समेत अत्यन्त निकृष्ठ अमानवीय ढंगबाट झुठ्ठा लाञ्छना लगाउने, गाली गलौज गर्ने, असभ्य, अभद्र अभिव्यक्ति दिने, ब्यक्तिगत चरित्र माथि प्रश्न उठाउने जस्ता अत्यन्त घृणित तथा अवाञ्छित क्रियाकलापहरु भइरहेको पाइएको छ ।

यस्ता अभद्र र गैरकानुनी कृयाकलापको अखिल नेपाल महिला संघ (अनेमसंघ) घोर निन्दा र भत्सर्ना गर्दछ ।
यसै क्रममा गत साता प्रचण्ड माधव समुह निकट नेपाल कम्युनिष्ट पार्टीका रघुजी पन्तले नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाको माननीय कोमल ओलीका सन्दर्भमा दिएको अपमानजनक अभिव्यक्तिप्रति अनेमसंघ घोर निन्दा तथा भत्सर्ना व्यक्त गरि प्रेस विज्ञप्ति जारी गरिएको अनेमसंघ संयोजक सीता पौड्यालले बताउनुहुन्छ।

२०७७ फाल्गुन २०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।